जेठ ६, २०८१ आइतबार May 19, 2024

कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने एमाले अध्यक्ष ओलीको दाबी (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर लैजाने बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउनुपर्ने अभिभारा नेकपा एमालेको काँधमा आएको बताउनुभयो ।

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका नाममा सत्ता र पदमा लोभिएर जानेहरू र दक्षिणपन्थीहरुले पार्टीविरुद्ध घेराबन्दी सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले विदेश नीतिमा राष्ट्रिय हितको रक्षा र सबैसँग मित्रता कायम गर्दै अघि बढ्ने बताउनुभयो ।

उहाँले छिमेकी देशका जायज चासोप्रति सजक हुँदै त्यस्तै सम्मान आफूहरूले पनि छिमेकीबाट चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले संविधानकै कारण नेपाली समाज राजनीतिक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको भन्नुहुँदै आगामी दिनमा संविधानको रक्षा र कार्यान्वयनमा पार्टीले यसैगरी नेतृत्वदायी भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

 नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्न तीन दिने विधान महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले  राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया