जेठ ६, २०८१ आइतबार May 19, 2024

काँग्रेस काठमाडौं महानगरको नेतृत्व चयनका लागि मतदान सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

राष्ट्रिय सभागृहमा आज बिहान नौ बजेदेखि सुरु मतदान दिउँसो दुई बजेसम्म चलेको थियो  । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि समय अभाव भएको भन्दै मतदान गरिएको थिएन ।

निर्वाचन अधिकृत नरहरि आचार्यले हिजो साँझ परेकाले मतदान आजलाई तय गरिएको जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाको सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ ।

उपसभापति पदका लागि सन्तकुमार महर्जन, सुशीला ढकाल, सुबिरनाथ खनाल र भरत तण्डुकार प्रतिश्पर्धामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया