काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ–आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्यक्षहरुले आ–आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुझाएका हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवद्र्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आव २०७७/७८ मा सम्पादित काम कारबाहीलाई समेटी तयार गरिएको चौधौँ वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयबारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्रा कुमारी शर्मासहित आयोगका सचिव, उपसचिवलगायत कर्मचारीको उपस्थिति रहेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया