काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान र प्रविधिको उच्च विकासका कारण विश्वभर मौलाउँदै गएको अपराधबाट नेपाल अछुतो रहन नसकेको भन्दै यस प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी चनाखो हुनुपर्ने बताउनुभयो ।
आज ६६ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निष्पक्ष अनुसन्धान न्यायका लागि अपरिहार्य हुने हुँदा नेपाल प्रहरीले निष्पक्ष छानबिनमा सम्झौता नगर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको जीवन रक्षा गरी शान्ति सुरक्षा कायम गर्दै संविधान र विधिको पालन गर्ने /गराउने सरकारको अभिन्न अङ्गका रुपमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
गृहमन्त्री खाडले नेपाल प्रहरीले कोभिड– १९ को महामारीमा आफ्नो जीवनको प्रवाह नगरी जनताको जीवन रक्षाका लागि अग्रपङितमा खटिएकाप्रति उच्च प्रशंसा गर्नुभयो ।
गृहमन्त्री खाडले अगामी दिनमा सरकार प्रहरीमैत्री हुने खेलेको भूमिकाको कदर गर्नुभयो ।नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी सदैव कर्तव्य क्षेत्रमा निष्ठावान् भएर लागि पर्ने बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया