असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवाले  बिहान राष्ट्रपतिलाई भेटेका हुन्।

शुक्रबार बिहान पौने ११ बजे राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए। करिब एक घण्टासम्म भएको शिष्टाचार भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच मन्त्रिपरिषद् बिस्तार तथा सपथका बिषयमा छलफल भएको बताइएको छ।

अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने प्रश्न उठेको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया