असार २४, २०८२ मंगलबार July 8, 2025

रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिएका छन ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा ५ जना पुरुष र १ जना महिला घाइते भएको पौडेलले जानकारी दिएका छन । जीपका चालक समेत घाइते भएका छन् ।

सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको लागि पठाइएको उनले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट समेत थप टोली घटनास्थल तर्फ जाँदै गरेको पौडेलले बताएका छन ।

प्रहरीको टोली उद्धार कार्यमानै व्यस्त रहेकाले दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेको पौडेलले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया