असार २१, २०८२ शनिबार July 5, 2025

ए डिभिजन लिगमा त्रिभुवन आर्मीको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विभागीय नेपाल आर्मी, कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले पाखा लगाउँदै जित निकालेको हो।

जितसँगै आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो। आर्मीको जितमा कप्तान भरत खवासले ५७ मिनेटमा  र टेक बहादुर बुढाथोकीले ६१ मिनेटमा गोल गरे। खेलको म्यान अफ दि म्याच भरत खवास बने।

पहिलो खेलमा आर्मीले फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो।

शेर्पाले भने ३ खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी गरेको शेर्पाले दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

आजै दिउँसो ३ बजे दशरथ रंगशालामा अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ। लिगमा पुलिस र सरस्वती पहिलो जितको खोजीमा हुनेछन्। तेस्रो चरणसम्म आईपुग्दा दुबै टिमले जित निकाल्न सकेका छैनन्। पुलिस हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिदा दोस्रो खेलमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो ।

पछिल्लो समय पुलिसको प्रदर्शन खस्कदो छ। सरस्वतीविरुद्ध जित निकाल्दै पुलिस आफनो लय समात्ने लक्ष्यमा हुनेछ।

कमजोर सुरुवातसहित सुरुवाती दुवै खेलमा हार भोगेको सरस्वती पुलिसलाई स्तब्ध पार्दै पहिलो जितको खोजीमा हुनेछ। सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० ले पराजित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया