श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘तिहारपछि पूर्ण रूपमा खुल्छन्’ विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताइन् ।

नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिइन् ।

अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उनको बुझाइ छ । उनले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाइन् ।

“खोपका लागि स्वाथ्य मन्त्रालयसँग समन्वय भइरहेको छ । अब त खोप नै लगाएर पनि विद्यार्थीलाई प्रत्यक्ष विधिबाटै शिक्षा दिन जरुरी छ,” उनले भनिन्।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या धेरै भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि कतिपय नीतिगत रूपमै परिवर्तन हुनुपर्ने तर त्यो नीति परिवर्तनका लागि बनेका विधेयक संसद्मै रोकिएको उनको भनाइ छ ।
“नेकपा एमालेले संसद् अवरोध गर्दा कतिपय महत्वपूर्ण ऐन संशोधन हुन नसकेर रोकिएका छन्,” उनले भनिन् ।

यसैबीच, पत्रकार सम्मेलनमा सहभागी हुन आएकी मन्त्री रेग्मी भरतपुर विमानस्थलबाट बाहिरिँदै गर्दा प्रेस सम्मेलन कक्षमा जाने क्रममा भ¥याङ उक्लँदै गर्दा लडेकी छन् । तर, उनलाई खासै चोट लागेको छैन । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार
काठमाडौंमा डेङ्गु संक्रमण बढ्दै
२०८२ श्रावण २, शुक्रबार