असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रपतिद्वारा शक्तिपीठहरूको दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरूको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधवार अपराह्न ४ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरूमा गई पूजा आराधना गरेकी हुन् ।

उनले काठमाडौँ उपत्यकाका नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, सङ्कटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीको दर्शन गरेकी छन् ।

नेपालीहरूको महान् चाड विजया दशमी (बडा दसैँ) को आठौँ (महाष्टमी) दिन बिहान काभ्रेपलान्चोकको पलाञ्चोक भगवतीमा समेत पूजा अर्चना गरेका थिइन् । महाष्टमीका दिन विशेष पूजाअर्चना गरिन्छ भने मध्यराती बलि दिने र कालरात्रिको पूजा गर्ने चलन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया