असार २८, २०८२ शनिबार July 12, 2025

माओवादीले तोक्यो ३२ जना केन्द्रीय विभाग प्रमुख (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहनुभएको छ । यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर रहनुभएको छ ।

यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ रहनुभएको छ ।

स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल तोकिनुभएको छ । स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

यस्तै शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, सङ्गठन विभागमा जनार्दन शर्मा, सङ्घीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसङ्ख्या विभागमा कल्पना धमलालाई संयोजक तोकिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र झा हुनुहुन्छ । विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको छ । राजधानीमा रहेका विभिन्न प्रदेशका पार्टी सदस्यलाई सङ्गठित गर्ने उद्देश्यले सम्पर्क कमिटीको गठन गरिएको उहाँले बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार