श्रावण २, २०८२ शुक्रबार July 18, 2025

असहज मोडमा प्रधानन्यायाधीश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शृंखलाबद्ध विवादित कदमका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असहज अवस्थामा पुगेका छन् । संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबन्डा मागेको, गम्भीर संवैधानिक बहसका मुद्दामा सुनुवाइ अलपत्र पारेको र न्यायालयको सुशासनलाई बेवास्ता गरेको भन्दै जबराको सार्वजनिक आलोचना भइरहेको छ ।

न्यायालयप्रतिको आस्था र गरिमा बचाउन आवश्यक कदम लिने विषयमा सर्वोच्चकै न्यायाधीशहरू छलफलमा छन् भने बार एसोसिएसनले विरोधको पहल सुरु गरेको छ । भागबन्डाका विषय किनारा नलाग्दै पेसी तोक्ने विषयले सर्वोच्च परिसरमा नयाँ र गम्भीर बहस निम्त्याएको छ । अहिले प्रधानन्यायाधीशले तजबिजका आधारमा इजलास तोक्ने प्रचलन छ तर धेरैजसो न्यायाधीशहरू भने स्वचालित प्रक्रिया सञ्चालन गर्ने र त्यसअघि गोलाप्रथाबाट मुद्दा छान्ने प्रक्रिया लागू गर्ने पक्षमा छन् तर प्रधानन्यायाधीशले भने यो विषयमा सार्वजनिक रूपमै असन्तुष्टि राखेका छन् ।

न्यायालयमा भ्रष्टाचारको सुरुआत नै पेसी सूची प्रकाशन गर्दाको चलखेलबाट हुने सर्वोच्चभित्रैका विभिन्न प्रतिवेदनले ठहर गरेका छन् । कुन मुद्दा कुन न्यायाधीशले हेर्ने तजबिज प्रधानन्यायाधीशलाई हुँदा ‘बेन्च सपिङ’ हुने भन्दै विगतमा न्यायाधीशहरूले सार्वजनिक रूपमै प्रश्न उठाएका थिए ।

गोलाप्रथा आधारमा इजलास तोक्ने हो भने घूस लिने र दिने क्रम रोक्न सकिन्छ भन्ने प्रतिवेदन सर्वोच्चका दुई समितिले नै दिएका छन् । स्वचालित प्रणाली लागू गर्न आवश्यक प्राविधिक र कानुनी प्रबन्ध गर्न केही समय लाग्ने भएकाले अन्तरिम समयका लागि गोलाप्रथाद्वारा पेसी सूची तोक्ने विकल्प अगाडि सारिएको हो । प्रधानन्यायाधीश जबरा सार्वजनिक प्रतिबद्धतामा अडिएको भए अहिले सर्वोच्चलगायत देशैभरका अदालतमा इजलास तोक्ने प्रक्रियामा गोलाप्रथाको अभ्यास सुरु भइसकेको हुन्थ्यो । तर, यो प्रक्रिया अनिश्चित बन्न पुगेको छ ।

अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च अदालतमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा वरिष्ठ न्यायाधीशले कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भनेर जिम्मेवारी तोक्छन् । मुद्दाका पक्षले बिचौलियामार्फत आफ्ना मुद्दा निश्चित न्यायाधीशको इजलासमा पार्ने र चाहेको फैसला गराउने प्रवृत्ति बढेपछि यसको उपचारका रूपमा स्वचालित पेसी सूची प्रणाली अपनाउन सर्वोच्चकै प्रतिवेदनले सुझाव दिएका हुन् । खासमा कम्प्युटर सफ्टवेयरको माध्यमबाट ‘स्वचालित’ पद्धतिका आधारमा इजलासमा तोक्दा अनियमितता धेरै रोकिन्छ भन्ने प्रतिवेदनको सुझाव छ ।

एसिया क्षेत्रका प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशहरूको सन् २०१३ मा टर्कीको इस्तानबुलमा भएको सम्मेलनले ‘इस्तानबुल डिक्लेयरेसन अन ट्रान्सपरेन्सी इन द जुडिसियल प्रोसेस’ जारी गर्दै सूचना प्रविधिमा आधारित वैज्ञानिक पद्धतिबाट इजलास गठन र पेसी व्यवस्थापन गर्दा न्यायपालिकाको पारदर्शिता र विश्वसनीयता बढाउने मान्यता प्रकट गरेको थियो । यस्तो मान्यतालाई नेपालमा पनि अनुसरण गर्न तीन वर्षअघि बनेको सर्वोच्च अदालतको समितिले पनि स्वीकार गरेको छ । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार