असार २८, २०८२ शनिबार July 12, 2025

कुशवाहामाथि दुर्व्यवहार गर्ने सीके राउतका १७ जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि राउतका कार्यकर्ताले गुण्डाशैलीमा कार्यालय प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए ।

लाठी, भाटासहित कार्यालय पुगेका दर्जनौँ कार्यकर्ताले प्रमुखलाई जबर्जस्ती कार्यालयबाट थुतेर बाहिर ल्याई कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरूले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रूपमा कुटपिट गर्दै घुमाएका थिए ।

सो घटनामा सम्लग्न १७ जना नेता/कार्यकर्तामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार उक्त पार्टीका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत सङ्घका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

‘यस मुद्दामा अभियुक्तहरूलाई क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजारसम्म जरिवाना हुनसक्छ,’ बस्नेतले भने । बाँकी पक्राउ गरिएका ४५ जनालाई बिहीबार अबेर राति हिरासमुक्त गरिएको थियो । यता मुद्दा दर्ताको विरोधमा पार्टीका अध्यक्ष राउतको निर्देशनमा उनका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने तयारी गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार