श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बेमाैसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।

यी तीन प्रदेशमा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र बर्षाले क्षति पु-याएकाे संजेलले बताउनुभयो । बर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाईएको धानबालीमा असर मात्र परेको छ । दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान रहेको सञ्जेलले बताउनुभयो ।

अनुमानित विवरणमा लुम्बिनी प्रदेशका बाँके ,बर्दिया, कपिलबस्तु र रुपन्देही, सुदूरपश्चिम प्रदेशका कैलालि र कञ्चनपुर तथा प्रदेश १ का झापा मोरङ् र सुनसरी छन् । जसमध्ये लुम्बिनी प्रदेशका चार जिल्लामा बर्षातको असर धेरै परेको देखिएको छ । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ भने प्रदेशभर चार अर्ब ५१ करोड रुपैयाँभन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

सुदूरपश्चिमका दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

यस्तै प्रदेश १ का तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । – गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार