असार २८, २०८२ शनिबार July 12, 2025

दलहरुबीच सहमति भए ‘अर्ली इलेक्सन’को सम्भावना छ : परराष्ट्र मन्त्री खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः परराष्ट्र मन्त्री डा. नारायण खड्काले राजनीति भनेकै सम्भावनाको खेल भएकाले राजनैतिक दलहरुबीच सहमति भए समयअगावै निर्वाचन हुन सक्ने जानकारी दिनुभएको छ ।

शनिवार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री खड्काले प्रतिनिधि सभालाई पूर्ण अवधि सन्चालन गर्ने गरी सरकार अघि बढिरहेको भएपनि सबैको साझा सहमति बनेमा ‘अर्ली इलेक्सन’को सम्भावना रहेको बताउनु भयो ।

सन्चारकर्मीले गरेको प्रश्नको जवाफमा परराष्ट्र मंत्री खड्काले एमसिसीबारे गठबन्धनभित्र छलफल गरिरहेको र सहमति भएमा मात्र पारित गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले गठबन्धन विच साझा सहमति नभए एमसिसी पारित नहुने स्पष्ट पार्नुभयो ।

परराष्ट्र मन्त्री खड्काले प्रदेश १ र बाग्मती प्रदेश सरकारको नेतृत्व बारे प्याकेजमा नै सहमति हुने भएकाले मुख्यमंत्रीको कार्यकाल बाँडफाँड हुन सक्ने बताउनु भएको छ । प्रदेश १ मा नेकपा एकीकृत सामजवादीको नेतृत्वमा सरकार बन्ने हल्ला भइरहेको बेला मंत्री खड्काले मुख्य मंत्रीले विश्वासको मत पछि मात्र प्रदेश १ सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा छलफल गरेर अगाडी बढ्ने जानकारी दिनुभयो ।

परराष्ट्र मंत्री खड्काले नेपाली कांग्रेसको वडा अधिवेशन समेत नभईरहेका कारण तोकिएको समयमा महाधिवेशन सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले पुष अन्तिम सातासम्म सम्भव रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार