असार २८, २०८२ शनिबार July 12, 2025

५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौँमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।

क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा कात्तिक १४ गतेसम्मको समयावधि तोकिएको छ । स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ ।

निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार