श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माओवादी प्रवक्ताको टाउकोमा खाओवादी – काण्डका भारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तासञ्चालक घटकको दोस्रो ठूलो दल माओवादीका बारेमा केही भिन्न प्रकारका कुराहरू आए । एउटा त यसका अध्यक्ष आफैँले माओवादीको नामकरण खाओवादीमा गरिदिए । यो नामकरणले मात्रै भएन, यो दलभित्रका सबैभन्दा बढी खाओवादी भनी चिनिएका व्यक्ति यसका प्रवक्तामा नियुक्त भए ।’ यी दृश्यहरू प्रकट भइरहँदा एक जना पूर्वसचिव (रामेश्वर खनाल) ले त दशैँको शुभकामनामा मिसाएर ‘माओवादीको समाप्ति जति छिटो, देशको प्रगति त्यति छिटो भन्दै आउँदो चुनावमा यो दललाई एक मत पनि नदिन नागरिकसमक्ष अपिल नै गरे आफ्नो सामाजिक सञ्जाल एकाउन्टमार्फत ।

यसअघि यो दलका अध्यक्षले पनि माओवादीको अब कुनै अस्तित्व नरहेको, केही छ भने त्यो छलछाम मात्र बाँकी रहेको बताएका थिए ।

असोजको पहिलो हप्ता (४ गते) आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको जानकारी गराएका थिए । सूर्यनाथ रान यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले हामीलाई माओवादी होइन खाओवादी भन्छन्’ भनी स्वीकारेका हुन् । उनले भनेका थिए- अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक छैन, मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ? जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनुभन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो ।

अध्यक्षले नै यो पार्टी अर्थात् माओवादी जालझेल र ठगठाग गरेर पार्टी बनेको भनेर सरकार गरेको केही दिनपहिले यो पार्टीले आफ्नो प्रवक्तामा यस्ता व्यक्तिलाई छान्यो जो यो टिप्पणी दलभित्र त भए नै देशभरबाट पनि सबैभन्दा बढी खाओवादी भनी चिनिएका थिए । जुन पार्टीको प्रवक्ता नै यस्ता हुन्छन् भने त्यो पार्टी आफैँ कति खाओवादी होला अनुमान गर्न सकिन्छ ।

यो आरोप होइन विवरणहरूले नै यसलाई पुष्टि गर्छन् । अध्यक्षले नै र करिब करिब औपचारिक रूपमा नै आफ्नो पार्टी खाओवादीमा परिणत भइसकेको भनी जानकारी गराउन थालेका समयमा नै यो दलमा प्रवक्ता फेरिए । यसका नवनियुक्त प्रवक्ता हुन् कृष्णबहादुर महरा | उनका टाउकामा कतिवटा काण्डहरू थुप्रिएका छन् भन्नेले वास्तवमा नै यो दललाई खाओवादीकै रूपमा चिनाउँछ ।

महरा यसअघि तीन पटक उपप्रधानमन्त्रीसहित छ पटक मन्त्री भएका थिए । त्यसमाथि सभामुख पनि थपियो । यी सबैपटक उनको परिचय खाओवादीकै रूपमा हुँदै आयो ।

सभामुखजस्तो अति मर्यादित पदमा रहँदा त उनी बलात्कारी नै हुनपुगे । उनी सभामुख भएको संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लाग्यो । यो २०७६ असोज १२ को कुरा हो ।

त्यसबापत उनी जेलमा नै परे । नैतिकताको तिलाञ्जली पनि खाओवादीको विशेष पहिचान मानिन्छ ।

महरासँग जोडिएको खाओवादी भनी चिनाउने अर्को काण्ड हो चिनियाँसँग मागेको ५० करोडको टेप काण्ड । उनले एक चिनियाँ व्यवसायीसँग ५० करोड मागेको अडियो टेप २०६७ भदौ १८ गते सार्वजनिक भयो भारतबाटै प्रसारण हुने नेपाली भाषाको एउटा टिभी च्यानल नेपाल वानमा । त्यसबेला आफ्ना नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनी उनले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रूपैयाँ आवश्यक परेको भनेका थिए । यो टेपवार्तामा उनले चिनियाँ नागरिकलाई ५० करोड नेपाली रुपैयाँ प्राप्त गर्नका लागि आफू सिङ्गापुर, हङकङ अथवा चीनको छेन्दु सहरमा मिटिङका लागि आउन तयार रहेको भनेर बोलेको कुरा त्यो वार्तामा स्पष्टै सुनिन्छ ।

त्यसपछि उनी केही दिन गायब पनि भए । त्यसबेला धेरैले अनुमान गरे, त्यो रकम उनले हात पारे तर यता जुन प्रयोजनका लागि सो रकम खर्च हुनुपर्ने थियो त्यो काम नै सकियो अर्थात् प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी नै फिर्ता लिए ।

हेक्का रहोस् त्यसको १०  वर्षपछि २०७६ को अन्ततिर सबै एउटा त्यस्तै ७० करोडको कमिसनकाण्ड प्रकट भयो ओली सरकारका मन्त्रीले गरेको टेपवार्ताबाट । त्यसपछि उनको राजीनामा आयो । तर महराले भने उनको स्वरमा रेकर्ड भएको यो वार्ता झुटो भनेर शिवि केही दिन पन्छिन पाए । यो ५० करोड सबेला उनले सहजै पचाएको मानियो सबैतिरबाट । कसैले अनुसन्धान गर्न पनि आवश्यक ठानेन ।

एकताका महरामाथि अकूत सम्पत्ति कमाएकोमा उजुरी पनि पन्यो छानबिनका लागि । उनी अख्तियारको अनुसन्धानको घेरामा पनि परे । यो २०७३ सालको कुरा हो । तर त्यही वर्षको साउन २१ मा उनी अर्थमन्त्रीमा नियुक्त भए ।

अख्तियारले उनलाई १३ पन्ने फारम भराएर अनुसन्धान थालेको अवस्थादेखिका आफ्नो अकृत सम्पत्तिबारे बयान दिन पुगेका कुरा सबैलाई यो नियुक्तिले ओझेलमा पारिदियो । यही बेला उनी उपप्रधान तथा अर्थमन्त्री भए । अकूत सम्पत्तिवाललाई अर्थमन्त्री बनाउने काम खाओवादीले मात्रै गर्न सक्लान् ।

यी प्रवक्ता महरामाथि शिविरमा राखिएका आफ्नै लडाकुका लागि लागि सरकारले उपलब्ध गराउने रकममा भ्रष्टाचार गरेको आरोप अझै गम्भीर अवस्थामा नै छ । लडाकुका लागि दिइने रकम उनले आफ्नो नाममा चेकमार्फत बुझ्ने गरेका थिए । तर त्यो रकम शिविरमा नपुगेको पनि नक्कली नाममा वितरण भएको भनेर हिनामिना भएको मानिएको थियो त्यसबेला ।

त्यस बेलादेखि बेला-बेला आइरहने गरेको विवरणअनुसार यस्तो रकमको अंक करिब चार अर्बको हाराहारीमै थियो । राज्यले २०६४ वैशाख ७ गतेदेखि शान्ति मन्त्रालयअन्तर्गतको शान्तिकोषबाट ३० हजार आठ सय ५२ माओवादी लडाकुका लागि मासिक पाँच करोड ७३ लाख ८५ हजारका दरले नौ महिनासम्म सरकारले ५२ करोड निकासा गरेको थियो । उक्त रकमको चेक बुझ्ने व्यक्ति हुन् महरा ।

सार्वजनिक भएका विवरणअनुसार शान्ति प्रक्रियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाखको बेरूजु देखाएको थियो । जुन त्यस वर्ष भएको खर्चको ९२ प्रतिशत हो । शान्ति सम्झौता भएदेखि चैतसम्म लडाकुको नाममा महराले बुझेको रकमको हिसाब यो २०७८ सालको आजको दिनसम्म सार्वजनिक भएको छैन । आजको आर्थिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार