श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ घोटाला प्रकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वसांसद एवं सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका इच्छाराज तामाङको नेतृत्वमा संगठित रुपमा सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको घोटाला प्रकरणमा हालसम्म एक हजार एक सय ६७ वटा उजुरी परेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार शुक्रबारसम्म तामाङविरुद्ध परेको उक्त उजुरीकै आधारमा कुल दाबी रकम हालसम्म चार अर्ब ६६ करोड १५ लाख ८२ हजार दुुई सय रुपैयाँ पुगिसकेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको प्रकरणमा यही असोज १८ गते सीआईबीको टोलीले तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । ‘पक्राउलगत्तै सीआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुलाई उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारबाहीको लागि समेत सीआईबीमा सम्पर्क गर्न आग्रह गरेकोमा हालसम्म एक हजार एक सयभन्दा बढी उजुरी परेको हो’, सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक महतोले भने । पक्राउ परेका तामाङसहित १२ जनाको हकमा अहिले मुुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेकाले उजुरी अझै बढ्नसक्ने उनको भनाइ छ ।

पक्राउ परेका तामाङसहित १२ जना व्यक्तिमाथि पछिल्लो पटक संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गर्न दोस्रो पटक १८ दिन म्याद थप भएको छ । ‘यसअघि अनुसन्धानको लागि पहिलो पटक पाँच दिनको लागि म्याद थप भएकोमा हालसम्म तामाङउपर अनुसन्धान गर्नको लागि २३ दिनको लागि म्याद थप भएको छ’, प्रवक्ता प्रहरी उपरीक्षक महतोले भने ।

सुरुमा उक्त सिभिल सेभिङमा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको ७० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको भन्दै परेको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ (सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिको अध्यक्ष), भगवान बहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिसटेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिसटेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगीत श्रेष्ठ (असिस्टेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्वलेखा समिति सदस्य) रहेका थिए ।

अनुुसन्धानका क्रममा उक्त सहकारीमा कुुल दुई हजार ५६ जना बचतकर्ताहरुको सात अर्ब ३६ करोड ३८ लाख ११ हजार रुपैयाँबराबरको बचत रहेको र यो पक्राउ परेका १२ जनाको समूहले बचतकर्ताहरुको यो रकमको चरम दुरुपयोग गरेको देखिएको सीआईबीले जनाएको छ । आर्थिक दैनिकबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार