काठमण्डौंः कानुन कार्यान्वयन गर्ने अभिभारा बोकेको सुरक्षा निकाय हो, नेपाल प्रहरी । यही प्रहरी संगठनले विधि र प्रकृया कुल्चिदाँ लेखापालको सरुवा र सेवा परिवर्तन प्रभावित हुन पुगेको छ ।
प्रहरी नियमावली अनुसार, प्रत्येक दुई दुई वर्षमा लेखापालहरूको सरुवा हुनुपर्छ । सशस्त्रमा भने १/१ वर्षमा यस्ता लेखापालहरूको सरुवा र हेरफेर गर्ने प्रचलन छ । नेपाल प्रहरीले असारको सुरु वा अन्तिम सातासम्म लेखापालको सरुवा गर्नुपर्दथ्यो । लेखापालले आर्थिक वर्षको सुरुदेखि नै हिसाब किताब राख्दा सजिलो हुने भएकाले साउन १ गतेदेखि नै काम गर्नेगरी सरुवा गर्ने परिपाटी नेपाल प्रहरीमा छ ।
तर नियमावलीअनुसार सरुवा गर्नुपर्ने लेखापालहरूको सरुवा चार महिनादेखि अन्योलमा परेको छ । गृहमन्त्री बालकृष्ण खाँप प्रहरी स्रोतका अनुसार, एउटै कार्यालयमा दुई गरेको थि वर्ष काम गरेका लेखापालको संख्या करिब एक सय छ। प्रहरीको लेखापाल निकै आकर्षक मानिन्छ । यसको जिम्मेवारी लेखासम्बन्धी तालिम लिएकासईदेखि इन्स्पेक्टर तहकालाई दिने गरिन्छ । विभागीय कतै कतै असईले पनि यो भूमिका पाएका छन् । जानकारहरूका अनुसार प्रहरीका लेखापालहरूको सरुवा इतिहासमै यसरी सायदै अन्योलमा पर्ने गरेको थियो ।
किन भएन सरुवा ?
लेखापालहरूको सरुवा गर्ने क्षेत्राधिकार प्रहरी महानिरीक्षकसँग हुन्छ । यसका लागि उनले विभागीय मन्त्री र सचिव कुरिराख्न पर्दैन । महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीले
आफ्नो अधिकार प्रयोग गर्दै समयमा नै लेखापाल सरुवाको मनस्थिति बनाएका थिए। ‘महानिरीक्षक थापा क्षेत्रीले सरुवाको तयारी गरे पनि राजनीतिक दुश्प्रभावले आक्रान्त नेपाल प्रहरीमा गृह मन्त्री र गृह सचिवको हस्तक्षेपले प्रभावित भएको छ,’ नेपाल प्रहरीको उच्च स्रोतले साँघुसँग भन्यो ।
स्रोतका अनुसार, गृह मन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेदेखि गृहका अधिकारीले लेखापाल सरुवामा गहिरो चासो देखाएका छन् । ‘लेखापाल सरुवामा थैली खोजिएको छ, त्यसैले महानिरीक्षकले चाहँदा चाहँदै पनि प्रहरीका लेखापालको सरुवा चार महिनादेखि अन्योलग्रस्त बनेको छ, प्रहरी स्रोतको दावी छ ।
कार्यविधि नै परिवर्तनको तयारी
त्यसो त लेखापालको सरुवाका लागि कार्यविधि नै परिवर्तनको तयारी गरिएको छ । स्रोतका अनुसार, अहिले यसका लागि काम भइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँबर लेखापाल सरुवाको कार्यविधि परिवर्तनको तयारीले प्रभावित भएको बताउँछन् । ‘कार्यविधि परिमार्जन गर्ने कार्य करिब करिव सकिएको छ । अब यसले गति लेला, प्रवक्ता कुँवरले साँघुसँग भने । कार्यविधि कसरी परिमार्जन हुँदैछ भन्ने साँघुको प्रश्नमा भने उनले केही बताउन नमिल्ने बताए ।
सेवा परिवर्तन पनि उस्तै सकसमा अन्य सेवामा जुन समूहको हो, कर्मचारी त्यसमै कार्यरत रहन पाउँछन् । इच्छाअनुसार सेवा परिवर्तनको सुविधा पनि छ । तर नेपाल प्रहरीमा लेखा समूहमा रहने समयावधि तोकिएको छ । प्रहरी नियमावलीअनुसार, एकै व्यक्ति ६ वर्षभन्दा बढी समय लेखा समूहमा रहन मिल्दैन । एकै व्यक्ति लामो समयसम्म लेखामा रहँदा चलखेल गरेर अबाञ्छित लाभ लिन सक्ने खतरा रहेकाले यस्तो व्यवस्था गरिएको हो ।
प्रहरी विगत वर्षमा ६ वर्ष लेखापालका रूपमा कार्यरतलाई अन्य समूहमा सरुवा गर्ने गरेको थियो । यस पटक लेखापाल सरुवा प्रभावित हुँदा सेवा परिवर्तनसमेत हुन सकेको छैन । नेपाल प्रहरीमा लेखापालको ६ वर्षमा सेवा परिवर्तन हुनुपर्नेमा हस्तक्षेपका कारण प्रभावित भएको छ,’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एक अधिकृतले भने । प्रहरी स्रोतका अनुसार, लेखापालका रूपमा ६ वर्ष काम गरिसकेकाको संख्या लगभग ६० जना छ ।
लेखापालहरूको सरुवा चार महिनादेखि रोकिदा प्रहरी महानिरीक्षक थापा क्षेत्री संगठनलाई चलायमान बनाउन नसकेको भन्दै आलोचित हुँदै आइरहेका छन् । लेखापाल प्रकरणले उनलाई थप आलोचित बनाउँदै लगेको प्रहरी अधिकारी सुनाउँछन् । यसबाट प्रहरीको विधिको शासनप्रतिको प्रतिबद्धतामै प्रश्न उठेको बताउने पनि उत्तिकै छन् । साँघु साप्ताहिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया