श्रावण ३, २०८२ शनिबार July 19, 2025

सुनको मूल्य बढेको बढ्यै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ४०० कायम भएको छ ।

आइतबार ९२ हजार १०० मा कारोबार भएको थियो ।  यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० छ जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १२ सय ६५ पुगेको छ । आइतबार प्रतितोला १२ सय ६० मा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया