असार २६, २०८२ बिहिबार July 10, 2025

विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।

अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर भर्खरै सञ्चालनमा आएको थियो तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थी बताउँछन् ।

विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा कात्तिक १ गतेको बाढीले सबै बगायो । उक्त विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भन्नुभयो, “विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।

कोठामा बालुवा थुप्रिएको छ । झ्याल, ढोका फुटेका छन् । डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेकेमा छ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ । विद्यालय बगर बनेपछि विद्यार्थी पढ्नसमेत डराइरहेका छन् । सामान्य वर्षा हुनेबित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था रहेन । अहिले विद्यालयमा अध्ययनरत ६९४ विद्यार्थी अलपत्र छन् ।

विद्यालयको ६५० वर्गमिटर घेरबारको कुनै निसाना छैन । विद्यालयलाई नमूना विद्यालयका रुपमा अघि बढाउनका लागि कार्यक्रम सुरु भइसकेको थियो । रु एक करोड ५० लाखमा दुई पक्की भवन निर्माण हुँदै थिए । यो शैक्षिकसत्रदेखि नमूना विद्यालय बनाउने योजना थियो । डिजिटल प्रविधि अपनाएर जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने गतिमा काम भइरहेको थियो, प्रधानाध्यापक न्यौपानेले भन्नुभयो, “न विद्यालय नमूना बनाउन सकियो न त बाढीबाट बचाउनै सकियो । फेरी सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो ।

नमूना विद्यालय बनाउनका लागि अहिलेसम्म गरिएका सबै मेहनत बालुवामा पानी खन्याए झैँ भयो । कम्पाउण्ड बनिसकेको थियो । प्लाष्टर गरेर विभिन्न आकृतिका चित्र बनाउने र सन्देशमूलक सामग्री राख्न बाँकी थियो । सिसी क्यामराको निगरानीका साथै पठनपाठन गर्ने, हरेक कक्षमा साउण्ड बक्स राख्ने, प्रोजेक्टरका माध्यमबाट अध्ययन गराउने कार्यक्रम तर्जुमा भइसकेको थियो ।

आगन्तुक पुस्तिका राख्ने र हरेक व्यक्तिलाई विद्यालयमा प्रवेश कार्ड उपलब्ध गराउने, कार्डविहीन व्यक्तिले विद्यालयमा छिर्न नपाउने व्यवस्था हुन लागेको थियो । विद्यालयभित्र बाढी पसेपछि सबै सपना चकनाचुर भएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।”

विद्यालयलाई पहिलेकै अवस्थामा फर्काउन त सक्छौँ तर सबैको साथ चाहिन्छ । बाढीले विद्यालयको भवन, घेराबार, खेलकूद मैदान, स्टोर गरेर राखेका डेस्क बेञ्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया तीन बण्डल, भवन निर्माणका लागि राखिएको काठ, शौचालय, मञ्च सबै बगाएको छ । बाढीले रु एक करोड ६६ लाख ३५ हजार बराबरको मालसामानमा क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।

बाढीले जिल्लाको तातोपानी– ७ र तिला गाउँपालिकाको सेतीबाडा रहेको विद्यालय पनि डुबाएको छ । बाढीले क्षति पु¥याएको विद्यालयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले अनुगमन गर्नुभएको थियो । अनुगमनपश्चात् उहाँले भन्नुभयो, “ विद्यालयलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न सबै निकायको साथ अनिवार्य रहेको छ । तत्काल विद्यालय मर्मत गरेर भए पनि पठनपाठन सञ्चालन गर्न यहाँका सरोकार निकायले पनि ध्यान दिनुपर्ने भएको छ ।” शान्तिपूर्णरुपमा र भयरहित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन यहाँका विद्यार्थीले माग गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार