असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस सभापतिमा उठ्ने रामचन्द्र पौडेलको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए ।

“प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, उनले भने, “कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ” उनले भने । उनले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी सङ्कटमा पर्नसक्ने उनले बताए ।

“पार्टीको अधिवेशन हुनुपर्छ, नत्र पार्टी वैधानिक सङ्कटमा पर्नसक्छ”, पौडेलले भने, “वैधानिक सङ्कटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ ।” संविधानको कार्यान्वयन गर्ने दायित्व काँग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षा अनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उनले काँग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तीलाई दोहोर्याउन नहुने सुझाव दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार