असार २८, २०८२ शनिबार July 12, 2025

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आज आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास  समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए ।

उनले राष्ट्रिय पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताए ।

उनले नेकपा एमाले सुन्दरबजार नगरकमिटीको प्रथम अधिवेशनको समेत उद्घाटन गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार