असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेश एमाले पालिका अधिवेशन : मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ्रेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।

मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन हुनुभएको छ । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ । यस्तै रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन हुनुभएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिनुभयो ।

यसैगरी पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकांक्षी हुनुहुन्छ । सहमति नबन्दा अधिवेशन एक दिनपछि सरेको हो ।

माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उहाँहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।

तनहुँका चार पालिकामा सर्वसम्मत

दमौली : तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । शुक्लागण्डकी नगरको अध्यक्षमा मुक्ति तिमिलसिना र सचिवमा रघुनाथ पौडेललाई सर्वसम्मत चयन गरिएको छ । आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी, उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, सहसचिवमा जमालदिन मियाँ र पूर्णबहादुर आलेलाई चयन गरिएको छ ।

यस्तै बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, सहसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन हुनुभएको छ । भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयनको प्रयास भइरहेको छ । घिरिङ गाउँपालिकामा अधिवेशन कात्तिक १५ गतेसम्मलाई स्थन गरिएको छ । ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको भने मङ्गलबार अधिवेशन नगर्ने तय भएको थियो । ऋषिङमा कात्तिक ११, देवघाटमा १४ र म्याग्देमा १५ गते अधिवेशन हुने भएको छ ।

बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

गलकोट : नेकपा (एमाले)को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दश पालिका रहेको जिल्लामा मङ्गलबार सात पालिकामा अधिवेशन सुरु भएको थियो । तमानखोला, ताराखोला, काठेखोला गाउँपालिका तथा ढोरपाटन र गलकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

गलकोट नपाको अध्यक्षमा पूर्ण काउचा, उपाध्यक्षमा तिला केसी, सचिवमा दानबहादुर श्रीस, उपसचिवमा पोस्टराज सुवेदी र लक्ष्मी सुनारलाई चयन गरिएको निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिनुभयो । त्यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गाबहादुर बगाले र उपसचिवमा डम्बरबहादुर छन्त्याल चयन हुनुभएको छ ।

यस्तै तमानखोलाको अध्यक्षमा तारानाथ श्रीपाली, उपाध्यक्षमा कुमबहादुर छन्त्याल, सचिवमा लीलबहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन हुनुभएको छ । काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा युक्तप्रसाद कँडेल, सचिवमा विधापती शर्मा, उपसचिवमा तिलबहादुर खड्का र नरबहादुर क्षेत्री चयन हुनुभएको छ ।

यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन, उपाध्यक्षमा निर्दोष विक, सचिवमा ज्ञानप्रसाद कँडेल, उपसचिवमा इन्द्र घर्तीमगर र हेमप्रसाद विक चयन हुनुभएको छ । बागलुङ नगरपालिका र बडिगाडमा सर्वसम्मतको प्रयास जारी छ भने निसीखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कात्तिक ११ गतेपछि अधिवेशन हुनेछ ।

म्याग्दीका चार पालिकामा नेतृत्व सर्वसम्मत

म्याग्दी: नेकपा (एमाले)ले म्याग्दीका चार स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । रघुगङ्गा, मालिका, धवलागिरि र मङ्गला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

रघुगङ्गाको अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा गमबहादुर पुन, सचिवमा झलक शर्मा, उपसचिवमा यामकुमारी गर्बुजा र दीपा पुन चयन हुनुभएको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा दलमान पुन, सचिव सन्तनाथ सुवेदी, भुपेन्द्र दर्जी र उपसचिवमा धनबहादुर बोहोरालाई चयन गरिएको छ । मङ्गला गाउँपालिकाको अधयक्षमा सतप्रसाद रोका, उपाध्यक्ष चिरञ्जिवी शर्मा, सचिव दर्पण रोका र सहसचिवमा चक्रलाल पाण्डे चयन हनुुभएको छ ।

यस्तै धवलागिरि गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राजाराम सुवेदी, सचिवमा रेशम छन्त्याल, उपसचिवमा विजय घर्ती र तिलक पुन चयन हुनुभएको छ । बेनी नगरमा नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।

स्याङ्जाको नौ पालिकामा नेतृत्व चयन

स्याङ्जा : स्याङ्जाको ११ मध्ये नौ पालिकामा नेकपा (एमाले)को नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाको फेदीखोला, आँधीखोला, हरिनास, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका, भिरकोट, गल्याङ र चापाकोट नगरपालिकामा नेतृत्व चयन प्रकिया सम्पन्न भएको छ ।

पुतलीबजार र वालिङ नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेकपा (एमाले) स्याङ्जाले जनाएको छ । पुतली बजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खड्का, अशोक शर्मा, भरत गोदारलगायतले अध्यक्षमा दाबी गर्नुभएको छ । वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वका लागि दाबी गर्नुभएको छ । सहमतिका आधारमा नेतृत्व चनयका लागि छलफल भइरहेको एमाले सचिवालय सदस्य राजेन्द्र डुम्रेले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार