काठमाण्डौंः नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शिष्टाचार भेट्वार्ता गरेकी छन् ।
बुधबार बिहान प्रधानमन्त्री र बेलायती राजदूतबीचको शिष्टाचार भेटवार्ता प्रधानमन्त्रीनिवास बालुवाटार भएको हो ।
प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तन, कोप २६ सम्लेलनका विषयमा छलफल भएको राजदूत पोलिटले बताएकी छन् । देउवा कोप २६ सम्मेलनमा भाग लिन शुक्रबार स्कटल्याण्ड जाँदैछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया