काठमाण्डौंः बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनु अगावै राजीनामा घोषणा गरेकी हुन्।
त्यसअघि उनले प्रदेशसभा बैठकलाइ सम्बोधन समेत गरेकी थिइन् । बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिए लगत्तै राजीनामा दिएकी हुन् ।
गत २ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो ।
शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् । जाँदा-जाँदै आफूले प्रदेश नीति आयोगमार्फत समाजवादको यात्रा प्रारम्भ गर्नेबारे केही खाका तयार पारेको बताइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया