काठमाडौंः बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले भोलि बिहिबार ३ बजेसम्म बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्न दलहरुलाइ आव्हान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्न प्रदेसभाका सदस्यहरुलाई आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया