असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाडौं विश्वविद्यालय र युलेन्स विच सीपयुक्त शिक्षक र नेतृत्व विकासका लागि सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः काठमाडौँ विश्वविद्यालय, स्कुलअफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसन बिच एक्काइसौँ शताब्दीको सिकाइ र विद्यालयका लागि आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्नका लागि सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा र युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुको सहभागितामा काठमाडौँ युनिभर्सिटी, स्कुलअफ एजुकेसन परिसरमा एक समारोहका विच सहमति भएको हो ।

काठमाडौं विश्वविद्यालय, स्कुलअफ एजुकेसनका डीन प्रा. डा.बालचन्द्र लुइटेल र युलेन्स एजुकेसन फाउन्डेसनका तर्फबाट प्रमुखकार्यकारी अधिकृत डा. अरनिको कुमार पाँडेले आ -आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरी साझेदारीको औपचारीक घोषणा गरिएको थियो ।

शिक्षा क्षेत्रमा प्रगतिशील काम गरिरहेका दुई अग्रणी संस्थाहरू बिचको साझेदारीमा सञ्चालन हुन लागेको शिक्षक शिक्षा, शैक्षिक नेतृत्व तालिम तथा शिक्षा क्षेत्रमा गरिने अध्ययन अनुसन्धानले दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्वविकास गर्ने लक्ष्य राखिएको छ ।

युलेन्स एजुकेसन फाउन्डेसनले स्थापना गरेको युलेन्स सेन्टर फर एजुकेटर डिभलपमेन्ट अन्तर्गत यो कार्य सम्पत्र गरिने छ । सो अवसरमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा.भोला थापाले दुई अग्रणी संस्था बिचको सहकार्यले विद्यालय शिक्षामा परिवर्तन ल्याउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं विश्वविद्यालय, स्कुलअफ एजुकेसनका डीन प्रा. डा.बालचन्द्र लुइटेलले शिक्षक तालिमको मह्त्व माथि प्रकाश पार्दै अबको शिक्षकले एक्काइसौँ सताब्दीको नागरीक तयार पार्न अहम भूमिका खेल्नु पर्ने पक्षहरुको ब्याख्या गर्नुभयो । त्यस्तै, युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुले प्रगतिशिल शिक्षाका रचनात्मक चिन्तन, महत्वपूर्ण सोच, वाल केन्द्रीत सिकाइ, न्यायमा आधारित शिक्षा र खोजमा आधारित सिकाइ माथि गहन विचार व्यक्त गर्नुभयो ।

समारोहमा प्रा. डा. लक्ष्मण ज्ञवाली, युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत मेदिनबहादुर लामिछाने लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

दुबै संस्थाहरूले सञ्चालन गर्ने शिक्षक तथा शैक्षिक नेतृत्व तालिम कार्यक्रमको मुख्य उद्देश्य एक्काइसौँ शताब्दीका शिक्षकहरूलाई उच्च गुणस्तरको पूर्व सेवाकालीन र सेवाकालीन तालिम प्रदान गर्नु रहेको छ । नयाँ पुस्ताका शिक्षकहरूलाई तालिमदिने लक्ष्य राखेको यस साझेदारी कार्यक्रमले देशको नवीन शिक्षण सिकाइका आवश्यकताहरू पूरा गर्न र शिक्षाको राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । दुई संस्था बिचको सहकार्यले शिक्षण सिकाइ अभ्यासहरूमा अनुसन्धान गर्न, तथ्यमा आधारित निर्णय निर्माणमा योगदान पु¥याउन र राष्ट्रिय स्तरमा नीतिनिर्माणमा समेत सहयोग पु¥याउने लक्ष राखेको छ ।

शिक्षामा अनुसन्धान गर्न समर्पित अग्रणी काठमाडौँ विश्वविद्यालय र विद्यालय मार्फत प्रगतिशील शिक्षाका र्यान्वयनमा अग्रणी भूमिका खेलिरहेको युलेन्स एजुकेसन फाउन्डेसन संस्था बिचको सहकार्यले शिक्षक, विद्यालय र अन्य सरोकारवालाहरूका लागि प्रशस्त अवसरहरू सिर्जना गर्ने आशा गरिएको छ ।

उक्त साझेदारी कार्यक्रमलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्न काठमाडौँ विश्वविद्यालय, स्कुलअफ एजुकेसनका डीनको अध्यक्षता र युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृतको सहअध्यक्षता रहने गरी पाँच सदस्यीय एक सञ्चालन समिति समेत गठन गरिएको छ । दुबै संस्थाहरूले आगामी दिनमा शिक्षक र शैक्षिक नेतृत्वहरूका लागि छोटो अवधिका प्रशिक्षण कार्यक्रमहरू सुरु गर्ने योजना बनाएका छन् । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया