श्रावण ५, २०८२ सोमबार July 21, 2025

किराँत राईको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन  काठमाडौँमा गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण करिब दुई वर्ष रोकिएको सम्मेलन यही २०७८ कात्तिक २७, २८ र २९ गते काठमाडौँमा हुने मिति तय भएको हो ।

बुधबार कोटेश्वरस्थित किरात राई यायोक्खाको कार्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा समितिले दिएको जानकारी अनुसार सम्मेलनमा नेपालसहित १९ मुलुकका प्रतिनिधि, विषयविज्ञ, अभियन्ताहरूको सहभागी रहने छ।

समन्वय समितिका अध्यक्ष दिवस राईले संसारभरि छरिएर रहेका किरात राई जातिको एकता, पहिचान र अस्तित्व निर्माणका निम्ति अन्तर्राष्ट्रिय सम्मेलन निरन्तरता दिइएको बताए।

‘संसारभरि छरिएर रहेका किरात राई जातिको इतिहास, मुन्दुम संस्कृति, परम्परा खोजी र संरक्षणका निम्ति छलफल, बहस र निष्कर्ष दिन सम्मेलनको आयोजना गरिएको हो,’ तथा किरात राई यायोक्खाको केन्द्रीय अध्यक्षसमेत रहनु भएका राई पत्रकार सम्मेलनमा भने, ‘नेपालमा १२औं राष्ट्रिय जनगणना भइरहेको सन्दर्भलाई समेत किरात राई जातिको एकताका निम्ति सम्मेलन सान्दर्भिक हुने ठानेका छौं ।’

अध्यक्ष राईले सम्मेलनमा राई जातिभित्रका २६ भाषाहरूको अवस्था, किरात सिरिजंगा लिपिको प्रयोग, किरात धर्म र माङखिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किरात प्रदेश अभियान विषय केन्द्रित भएर बहस गरिने जानकारी दिए ।

किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बेलायतमा गर्ने भनेर तयारी गरिएको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन कोभिड महामारीले गर्दा अन्तिम घडीमा रोकिएको जानकारी दिए।

समन्वय समितिका सचिवालय सदस्य तथा यायोक्खाका विदेश विभाग प्रमुख जीवन हाताचो राईले सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार