असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रपति भण्डारीबाट संसदको दुवै अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संसदका दुवै अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित भएको बताएका थिए । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया