असार २४, २०८२ मंगलबार July 8, 2025

छाउपडी उन्मुलन गर्न स्थानीय तहलाई प्रशासनको पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोटी । जिल्ला प्रशासन कार्यालय, डोटीले छाउपडीविरुद्ध सक्रिय भएर लाग्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले छाउपडी प्रथाविरुद्ध उत्रन पत्राचार गरेपछि जिल्लाका सबै सरोकारवाला निकायलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय, डोटीले जनाएको छ ।

गत मंसिर १७ गते अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वर डिक्रेनीको छाउ गोठमा सुतेकी २१ वर्षीया पार्वती बुढा रावलको भएपछि महान्यायाधिवक्ता कार्यालयले छाउप्रथा रहेका जिल्लाहरूमा पत्राचार गर्दै यसविरुद्ध कठोर ढंगले प्रस्तुत हुन पत्राचार गरेको थियो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार छाउपडी प्रथा उन्मुलनका लागि जिल्लाका सबै स्थानीय तह र सरोकारवालाहरूलाई पत्राचार गरिएको बताएका छन ।

पत्रमा सामाजिक सामाजिक कुप्रथा छाउपडीले सामाजिक अपराधमा बढाउँदै लगेकाले यसको अन्त्यका लागि भूमिका खेल्न भनिएको छ । साथै मुलुकी अपराध संहिता, २०७४ को प्रावधानबारे स्मरण गराउँदै सोहीअनुरूप कारबाही गर्न पनि निर्देशन दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार