काठमाडौंः गत भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएसँगै राजीनामा दिएका हुन् ।
प्रदेश सभा बैठकमा आज उहाँको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर, बहुमत नपुग्ने भएपछि उनले राजीनामा दिएका हुन् ।
प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य छन् । प्रदेसभामा सभामुखसहित एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओपादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना प्रदेश सांसद रहेका छन् ।
विश्वासको मत पाउनका लागि मुख्यमन्त्रीका उम्मेदवारलाई कम्तिमा ४७ जना सभासदको समर्थन आवश्यक पर्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया