असार ३२, २०८२ बुधबार July 16, 2025

प्रदेश प्रमुख प्यासीद्धारा मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई आह्वान (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीमा मंगलबार बिहान १ बजेसम दावी गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

सोमबार मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले दावी आह्वान गरेसँगै दलहरूले नयाँ सरकारका लागि दाबी पेसका लागि तयारीमा जुटेका छन् । दावी पेश गर्न गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका ५० सांसदले यसअघि नै हस्ताक्षर संकलन गरेका छन् । अब, प्रदेश १ मा गठबन्धनबाट नेकपा (एस) का राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया