असार ३२, २०८२ बुधबार July 16, 2025

नवनियुक्त मुख्यमन्त्री राई र पाँच मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

नवगठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका नेता जयराम यादवले सामाजिक विकास मन्त्रालय, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया