श्रावण ५, २०८२ सोमबार July 21, 2025

बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो ।

भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ । गुठीले भक्तजनबाट प्राप्त भेटी व्यवस्थापन गर्दैआएको छ । खर्च कटाएर उक्त रकम बचत गरेको हो । नौवर्षे कार्यकाल सकेर बिदाइ हुनुभएका गुठीका अध्यक्ष राजु खड्काले उक्त हिसाब विवरण सार्वजनिक गर्नुभएको हो । खड्का अध्यक्ष हुनुअघि सञ्चालक समिति र पुजारीले सबै भेटी डालोमा हालेर लैजाने गर्थे । उहाँ अध्यक्ष भएपछि भेटी सार्वजनिक गर्ने चलन सुरु भएको हो । गुठीमै लेखापाल राखेर दोहोरो हिसाब राख्न थालेपछि मन्दिर क्षेत्रमा विकास निर्माणका काम हुन थालेका छन् । कर्मचारी व्यवस्थापन र कोषसमेत सञ्चालन हुन थालेको हो ।

कोष बनेपछि कालिका मन्दिर जाने ७०० मिटर बाटो ढलान गरेर ढुङ्गा छाप्ने कामसमेत भएको छ । पूजा तथा बलि व्यवस्थापन, मन्दिरको छाना तामाले छाउने र नयाँ सत्तल निर्माण भएको छ । ती सबै व्यवस्थापनका लागि चार वर्षमा रु १० करोड बढी खर्च भएको खड्काले जानकारी दिनुभयो । कालिका भजन समूह निर्माण, मन्दिर नजिकै वन्यजन्तु उद्यान निर्माण, भ्यूप्वाइन्ट निर्माण र बलि व्यवस्थापन गरिएको छ ।

कालिका भगवती मन्दिर तथा पूजा व्यवस्थापनबाहेक पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना समेत निर्माण गरिएको छ । गुरुयोजनामा धर्मशाला, वृद्धाश्रम, सवारी पार्किङ, मालढुङ्गाबाट कालिका मन्दिर जाने लिफ्टसमेत बनाइने उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापन पनि गुरुयोजनामा समावेश छ । गुठीले आगामी २०८० साललाई ‘कालिका दर्शन वर्ष’ घोषणा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार