असार २६, २०८२ बिहिबार July 10, 2025

शिक्षक महासङ्घले तिहार लगत्तै सरकार बिरुद्ध आन्दोलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल शिक्षक महासङ्घले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सरोकारवाला निकायहरुले शिक्षकहरुका माग प्रति चासो नदेखाएको भन्दै कार्तिक २८ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।

नेपाल शिक्षक महासङ्घले शिक्षकहरुका मागबारे शिक्षा मन्त्री,सचिव तथा सरोकारित निकायलाई औपचारिक रुपमै जानकारी गराएपनि चासो नदेखाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो ।

सम्पुर्ण शिक्षकहरुलाई आन्दोलनको तयारी गर्नका लागि अपिल गर्दे विगतमा भएका सबै सम्झौताहरुको कार्यन्वयन तथा बाँकी न्यायोचित मागहरु पुरा गर्न थालिएको आन्दोलन र यस कार्यक्रम बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, सचिव तथा मन्त्रालय अन्र्तगतका सरोकारित निकायमा औपचारिक रुपमा जानकारी गराएको जनाएको छ ।

तर शिक्षकहरुका माग बारे जानकार हुँदा हुँदै पनि अहिलेसम्म सम्बन्धित पदाधिकारी तथा निकायहरुबाट यसबारे आवश्यक गम्भीरता,चासो र जागरुकता नदेखाएको भन्दै नेपाल शिक्षक महासङ्घ र यसमा आवद्ध सबै संस्था,समिति तथा शिक्षक कर्मचारीहरुलाई आन्दोलनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

महासङ्घले ३४ बुँदे माग राख्दै २०७८ बैशाख २० गतेदेखि निरन्तर आन्दोलन गर्दे आइरहेका छ । पाँचौ चरणको आन्दोलन अन्र्तगत कार्तिक २८ गतेबाट काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने कार्यक्रम पहिलेनै घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार