असार २८, २०८२ शनिबार July 12, 2025

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून्: अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् ।

यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गरेका छन्।

यी चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटामा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गरेका छन्। -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार