असार २८, २०८२ शनिबार July 12, 2025

सम्झौताको इमान्दार पालना गरे कर्णालीमा वैशाख १५ पछि एकिकृत समाजवादीले मुख्यमन्त्री पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशमा आउँदो १५ वैशाखपछि नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्ने भएको छ । गत ३ वैशाखमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा तत्कालीन एमालेको माधव नेपाल समूह (हाल एकिकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ११ बुँदे समझदारी भएको थियो । त्यो समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिकमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत ३ वैशाखमा विश्वासको मत लिँदा २ वैशाखको राती तत्कालीन एमालेका चार जना सांसदले फ्लोर क्रस गर्ने र ६/६ महिना तीन दल (माओवादी, कांग्रेस र नेकपा एस)ले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको समझदारीमा त्यो समझदारी गर्ने बैठकमा सहभागी एक नेताले बताए ।

‘हामीले ६/६ महिना सरकारको नेतृत्व गर्ने समझदारी गरेका हौँ’, उनले भने, ‘त्यही समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेर कांग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाही बनिसक्नु भएको छ । उहाँले १५ वैशाखपछि एकीकृत समाजवादीलाई नेतृत्व हस्तारन्तरण गर्नुहुन्छ ।’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा भएको ११ बुँदे सम्झौता अहिले कुनै पक्षले सार्वजनिक गरेका छैनन् । २ वैशाखमा गरिएका सम्झौताका विषयमा नाम नबताउने सर्तमा केही बुँदा सार्वजनिक गर्दै आएका छन् ।

मुख्यमन्त्री शाहीले १४ कात्तिकसम्म पनि कर्णाली प्रदेश सरकारको नेतृत्व नछाड्ने देखेपछि कांग्रेसनिकट नेताहरूले ११ बुँदे सम्झौता भएको अभिव्यक्ति दिएका थिए । हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्झौताअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पालना नगरे कर्णालीमा नयाँ कोर्सबाट काम गर्न तयार रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहीले राजीनामा दिँदा आफुले गरेको सम्झौताको इमान्दार पालना गरेको बताएका थिए । त्यसबेला समझदारी गर्दा एमालेबाट फ्लोर क्रस गरेका सांसदहरूलाई उपनिर्वाचनमा लड्दा माओवादी केन्द्र र नेपाल कांग्रेसले उनी उपनिर्वाचन उठेका क्षेत्रमा आफ्ना उम्मेदवार नलडाउने पनि सम्झौता भएको र अहिले उपनिर्वाचन हुने अवस्थामा पनि नरहेको उनले जानकारी दिए ।

सम्झौताको इमान्दार पालना गरे आउँदो १५ वैशाखपछि कर्णालीमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनेछ । कर्णालीमा एकीकृत समाजवादीले मुगुका चन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ । न्युज कारखानाबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार