काठमाडौंः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र सह इन्चार्ज तोकेको छ । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले उक्त प्रदेश अन्तर्गत आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।
वीरगञ्ज महानगरपालिकाका संयोजकमा रहवर अन्सारीलाई तोकिएको छ । बाँकी ६ जिल्लाको सह-इन्चार्ज तोक्न बाँकी रहेको प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए ।
सप्तरी
संयोजक- उमेश कुमार यादव
सिरहा
संयोजक- रामकुमार यादव
धनुषा
संयोजक-दीपक यादव
सहइन्चार्ज- झल्कु यादव
महोत्तरी
संयोजक- तुलसी ढुंगाना
सर्लाही
संयोजक- कमल बुढाथोकी
सहइन्चार्ज- लोचन धिमाल र रामपृत राय
रौतहट
संयोजक-देवेन्द्र पटेल
बारा
संयोजक- अनिल श्रेष्ठ
पर्सा
संयोजक- रामदरेश कुशवाह
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया