काठमाडौंः नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामालाई अस्पताल भर्ना गरिएको छ ।
बिहीबार जुवाखालबाट पक्राउ परेका उनलाई आज अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । कांग्रेस नेताहरुको दबाबपछि अस्पताल लगिएको उनलाई उच्च रक्तचापको समस्या भएको बताइएको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना प्रहरीलाई आएपछि छापा मार्दा बिहीबार राती सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी वृत्त, बौद्धले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद भएको थियो ।
सभापति लामासहित पक्राउ परेका १८ जनाविरुद्ध तिहारको विदा सकिएलगत्तै सोमबार जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया