काठमाडाैंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध र अमान्य रहेको बताएका छन् । उपाध्यक्ष रावलले मंगलबार ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका प्रदेश कमिटी र जिल्ला कमिटी बैठकहरु बसिरहेका छन् । सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज दावी गर्दै आएका रावलले लेखराज भट्टलाई इन्चार्ज मान्न अश्वीकार गरेका छन् ।
भट्ट इन्चार्ज र कर्ण थापा अध्यक्षको हैसियतमा आज बैठक बस्दैछ । रावलले यसलाई गुटबन्दीको नमूना भन्दै यो बैठकका निर्णयहरु अमान्य हुने चेतावनी दिएका छन् । रावलले भनेका छन्- अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि !
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया