असार २१, २०८२ शनिबार July 5, 2025

ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ । अहिलेसम्म जित हात पार्न नसकेका विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन् । तीन चरणको खेल खेल्दासम्म गोलविहीन सरस्वतीले कुनै अंक जोड्न सकेको छैन ।

उता, एपीएफले एक खेल बराबरीबाट १ अंक मात्र जोडेको छ । दुई खेलमा एपीएफ पराजित भएको थियो । सरस्वतीले तीनवटै हेलमा हार बेहोरेको थियो ।

त्यसैले, आज दुवै टोली पहिलो जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । ३ खेलबाट १ अंक रहेको एपीएफ १२ औँ ९पूछारबाट तेस्रो० तथा समान खेल खेलेको सरस्वती १४औं स्थानमा छ ।

एपीएफ र सरस्वती युथ क्लबबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया