असार २६, २०८२ बिहिबार July 10, 2025

विद्यार्थीसँग थप शुल्क नलिन चिकित्सा शिक्षा आयोगको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिकित्सा शिक्षा आयोगले अभिभावक तथा विद्यार्थीहरुबाट बारम्बार शुल्क सम्बन्धी गुनासाहरु आएकाले ध्यानाकर्षण भएको जनाएको छ । आयोगबाट प्रत्येक शैक्षिक सत्रका लागि शिक्षण शुल्क निर्धारण गरी विश्वविद्यालय तथा प्रतिष्ठानहरु मार्फत कार्यन्वयनका लागि सार्वजनिक गरीएको भए पनि गुनासाहरु आएकाले ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले एक सूचना जारी गर्दे विगतका वर्षहरुमा जस्तै चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०७७ ०७८ का लागि निर्धारण भएको शुल्क आयोगको वेभ साईट मार्फत समेत सार्वजनिक गरिएको जानकारी दिएको छ ।

साथै शिक्षण शुल्क भित्र राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा २ को खण्ड (थ) बमोजिम शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना,शिक्षण,ल्याब, पुस्तकालय,सामुदायिक तालिम वा परीक्षा शुल्क सहित समावेश भएकाले आयोगबाट शैक्षिक सत्रका लागि तोकिएको बाहेक शिक्षण शुल्कको परिभाषले निर्देश गरेको क्षेत्रमा विद्यार्थीहरुसँग थप शुल्क नलिन सरोकारवालालाई निर्देशन दिएको छ ।

आयोगद्धारा राष्ट्रिय चिकित्सा ऐन,२०७५ को दफा १८ बमोजिम निर्धारण गरेको शिक्षण शुल्क कार्यन्वयन गर्ने गराउने दायित्व विश्वविद्यालय तथा प्रतिष्ठानहरुको भएकाले यस सम्बन्धी कुनै गुनासा तथा उजुरीहरु भए आफु अध्ययनरत विश्वविद्यालय तथा प्रतिष्ठान मार्फत कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया