असार २२, २०८२ आइतबार July 6, 2025

अर्थ मन्त्रालयका उपसचिवविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०४९ साउन १९ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७५ असार ३२ गतेसम्ममा ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ । जागिर अवधिमा उनको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ ८ पैैसा हुनेमा उनको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३ सय ५१ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन ।

यस आधारमा उनको खर्च र लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएकाले गैरकानूनी देखिएको अख्तियारको भनाइ छ । ढुंगानाले अवैध आर्जनबाट श्रीमती मधु कोइराला ढुंगानाको नाममा सम्पत्ति आर्जन गरेको देखिएकाले श्रीमतीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ ४५ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३ तथा दफा २९ (२), भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) बमोजिम जरिवाना र कैद माग दावी गरेको छ । त्यस्तै गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार