असार २२, २०८२ आइतबार July 6, 2025

सरकार र उखु किसानबीच वार्ता सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्ह वार्ता सुरु भएको हो ।

उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो ।
उद्योग मन्त्रालयमा भएको वार्तामा उद्योग सचिव यामकुमारी खतिवडा, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक प्रवर्द्धन महाशाखाका प्रमुख सहसचिव दिनेश भट्टराई सरकारका तर्फबाट सहभागी छन् ।

उखु किसानका तर्फबाट किसान राजेश यादवसहित १५ भन्दा बढी किसान र केही कानून व्यवसायी सहभागी भएका छन् ।

उखु किसानले उखुको मूल्य भुक्तानी नपाएसम्म घर नफर्कने अडान लिएका किसानहरुले माइतीघर मण्डलामा निरन्तर धर्ना दिइरहेका छन् ।

यस वर्षको उखु बेच्ने बेलासम्म अघिल्लो वर्षको भुक्तानी नपाएपछि किसानहरु काठमाडौंमै आन्दोलन गर्न आएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार