श्रावण २, २०८२ शुक्रबार July 18, 2025

तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।

विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिरहास्थित मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको (नेपाल गुणस्तर ५७२)को संकलित नमूनाको बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै विक्रीमा रोक लगाएको हो । ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा मारूती सिमेन्टको यस्तो मान ३१ र ३७ रहेको भेटिएको छ ।

विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ । विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

यसैगरी धादिङस्थित युनाइटेडको ५३ ग्रेडको ओपीसी सिमेन्टमा पनि हुनुपर्ने मान नभएको भेटिएको छ । सिमेन्टको संकलित नमूनाको बलियोपन ७ र २८ दिनको मान क्रमशः ३५ र ३९ भेटिएको छ । यसको मान भने न्यूनतम ३७ र ५३ हुनुपर्छ ।

विभागले सो उद्योगलाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ, भने बजारमा गएका ती उत्पादन फिर्ता लिन पनि भनेकोे छ ।

यसैगरी रूपन्देहीको जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको संकलित नमूनामा पनि गुणस्तर तोकिएअनुसार नभएको विभागले उल्लेख गरेको छ । नेपाल गुणस्तर ३८५ अनुसार पीपीसी सिमेन्टको मान क्रमशः १६ र २२ हुनुपर्नेमा उक्त उद्योगबाट उत्पादन भएको सिमेन्टको यस्तो बलियोपनको मान भने क्रमशः १५ र २० रहेको छ ।

विभागले जगदम्बालाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेको छ भने पीपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ । आर्थिक अभियाान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार