श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सहज छैन देउवालाई नेतृत्वमा दोहोरिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ।

संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ (देउवा) ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ।’

नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका निधिको संस्थापन पक्षमा राम्रो पकड रहेको स्वीकार गर्दै ती नेताले भने, ‘संस्थापन इतरबाट धेरै उम्मेदवार भए पनि सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन (मत) चाहिन्छ।निधिले सभापतिमा जित्नुहुन्छ कि हुन्न थाहा छैन तर उहाँको उम्मेदवारीले देउवालाई ५१ प्रतिशत पुर्‍याउन रोक्न सक्छ।’

१३औं महाधिवेशनमा तत्कालीन महामन्त्री सिटौलाले ३२१ मत पाएका थिए। तर त्योभन्दा धेरै तत्कालीन संस्थापन पक्षमा विद्रोह भएको भन्दै पौडेलको पक्षमा वातावरण बन्न नसकेको देउवा निकट ती नेताको बुझाइ छ। अहिले पनि संस्थापन इतरबाट धेरै आकांक्षी देखिएका कारण देउवा नै सबैभन्दा शक्तिशाली देखिएको विश्लेषण गर्दैै ती नेताले भने, ‘संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार हुँदा देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।’

संस्थापन पक्षमा विद्रोह गर्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका निधिदेखि सबै नेता १३औं महाधिवेशनमा जस्तै एकै ठाउँमा उभिने अवस्था आउनसक्ने कांग्रेस नेताहरूको विश्लेषण छ। १३औं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा प्रतिस्पर्धामा रहेका तीनमध्ये कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५१ प्रतिशत मत नपाएपछि फेरि मतदान भएको थियो। धेरै मत ल्याउने दुई नेताबीच भएको दोस्रो चरण निर्वाचनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरेका सिटौलाले देउवालाई सहयोग गरेका थिए।

त्यतिबेला संस्थापन इतर पक्षबाट महाधिवेशन प्रतिनिधिमा छनोट हुनेको संख्या १२÷१३ सयको हाराहारीमा रहेको दाबी गर्दै एक नेताले भने, ‘सिटौलाजीले पाउनुभएको ३ सय २१ मध्ये ३ सय भोट संस्थापनको हो। बीचमा बसेका २/३ सय नेता अब रामचन्द्र पौडेलले जित्दैनन् भनेर देउवातिर लागे।’ दोस्रो चरणमा भएको निर्वाचनमा देउवा १८ सय बढी मतसहित सभापतिमा निर्वाचित भएका थिए।

पटकपटक प्रधानमन्त्री बने पनि पार्टीको केन्द्रीय सदस्यमात्र रहेका देउवाले केही गर्छन् कि भन्ने आशा पनि त्यति बेला नेता तथा कार्यकर्तामा थियो। तर पार्टीको मूल नेतृत्व समालेको साढे पाँच वर्षमा सुधारको छनकसमेत देउवाले दिन सकेनन्, जुन आगामी महाधिवेशनमा उनका लागि प्रत्युत्पादक हुन सक्ने संस्थापन इतर पक्षका नेताहरूको बुझाइ छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार