असार २६, २०८२ बिहिबार July 10, 2025

बागलुङ नगरका ९ वटै वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो ।

नगरका कूल १४ वडामध्ये बाँकी रहेका पाँच वडामा केही दिन भित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जानकारी दिए । उनका अनुसार बागलुङ–१ मा सुरेन्द्र बोहोरा अध्यक्ष र रमेश थापा सचिव रहनुभएको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं २ मा सूर्य महतको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण भएको छ ।

सचिवमा विवेक जिसी रहेका छन् । वडा नं. ४ मा बिजुली केसी अध्यक्ष र शिव शर्मा सचिव रहेको २१ सदस्यीय वडा कमिटी चयन भएको छ । त्यसैगरी वडा नं ६ मा भवानीशङ्कर सापकोटाको अध्यक्षतामा २९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको जनाइएको छ ।

सो वडाको सचिवमा शान्ता नेपाली रहनुभएको छ । वडा नं ५ मा टेकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय, ८ मा टोपबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय र ९ मा टीकाराम पौडेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको छ ।

यस्तै वडा नं १३ पैँयूपाटामा रेशम केसीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको नगर कमिटी अध्यक्ष केसीले बताए । उक्त कमिटीको सचिवमा भीमप्रसाद रेग्मी रहेका छन् । वडा नं १२ अमलाचौरमा परमानन्द शर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन भएको छ । सचिवमा दुर्गा विक रहेकी छन् ।

पार्टीको जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले अधिकांश वडामा आजै अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको बताए​ । व्यवस्थापकीय तयारी नपुगेका कारण आज हुन नसकेका वडामा पनि तत्कालै अधिवेशन हुने उनको भनाइ छ । जिल्लामा ८५ वडा छन् ।

वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार