काठमाण्डौंः वैदिक सनातन हिन्दु राज्यको माग सहित देशभर हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ ।
“मातृभूमिका लागि नेपाली” र “एकीकृत शक्ति नेपाल पार्टी” ले हिन्दु धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेन्डासहित राजधानीमा हस्ताक्षर अभियान शुरु गरेको हो ।
राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै दुबै पार्टीले सरकारलाइ दवाब दिन शनिवार बिहान ११ बजेदेखी काठमाडौंको इन्द्रचोकबाट देशव्यापी रुपमा हस्ताक्षर अभियान शुरु गरिएको सो पार्टीका उपत्यका समन्वय प्रमुख जुलुमरत्न शाक्यले बताउनुभयो ।
संविधानको प्रस्तावनादेखी २३ वटा ठाँउमा संसोधन गर्नुपर्ने भन्दै सो पार्टीले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया