काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक मङ्गलवार बस्ने गरी स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको थियो ।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मङ्गलवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उक्त बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।
एमालेको यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ । यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया