असार २५, २०८२ बुधबार July 9, 2025

केपी ओली संघीयता, मधेसी जनता र पहिचान विरोधी एक नम्बर खलनायक हो : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली मधेसी जनताविरोधी खलनायक भएको आरोप लगाएका छन् ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले महन्थ ठाकुर र राजेन्द्र महतो खलनायक ओलीको पछाडि लाग्दा मधेसी जनताले स्पष्ट हुने मौका पाएको बताए । महन्थ र राजेन्द्रको नेगेटिभ रोलले माओवादीलाई फाइदा पुगेको उनको तर्क थियो ।

‘अहिले मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ । जनता क्लियर छन् । हजारौ हजार उर्लिएर आउने अवस्था देखिएको छ । यसमा हाम्रो पोजेटिभ भूमिका छ । तर नेगेटिभ रोल पनि कम छैन । त्यसैले राजेन्द्र महन्थजीलाई धन्यवाद भनेको छु । तपाईहरुले केपी ओलीको अगाडि आत्मसमर्पण गरेर माओवादीलाई ठूलो गुन लाउनुभयो,’ उनले भने ।

नेपालमा संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले बुझेको दाहालको तर्क छ ।

‘मसिहा हु भन्ने नेताहरुले उसैका अगाडि आत्मसमर्पण गरिदिए र जनतालाई छ्यास हुन मद्दत गर्‍यो,’ उनले भने, ‘अहिले त्यसरी नेगेटिभ र पोजेटिभ मिल्न गएको छ । देशभरी पनि मिल्न गएको छ । पहाडमा पनि हिमालतिर पनि । मधेसीलाई ठग्ने मधेसी दलाल हुन् । पहाडीलाई ठग्ने पहाडी दलाल हुन् । दलालविरुद्ध लड्नुपर्छ ।’  -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार